युनाइटेड अजोड इन्स्योरेन्सद्वारा २ लाख बीमा दावी भुक्तानी
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले कुस्मा नगरपालिका वडा नं १० पर्वतका धुर्वराज रेग्मीको ग्यास लिक भएर भएको दुर्घटनामा मृत्यु भएपछि बीमितको परिवारलाई बीमा दावी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले कृषि बीमा निर्देशिका अनुसार मृत्तककी पत्नी तिला शर्मा रेग्मीलाइ दुई लाख बराबरको चेक औपचारिक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ ।
दाबी भक्तानी कार्यक्रमका प्रमुख अतिथी कुस्मा नगरपालिका–१० का वडा अध्यक्ष रामचन्द्र सुवेदी तथा राजनैतिक दलका प्रतिनिधी, कुस्मा नगरपालिका पशुसेवा शाखाकाका अधिकृत छैटौ राजेन्द्र सुवेदी, वडा सचिव नारायण लामिछाने, कम्पनीका पर्वत शाखा अन्डर्राटिङ सन्जीव पौडेल, पशु प्रााबिधिक गणेश पौडेल र स्थानिय सरोेकार निकायको उपस्थिति रहेको थियो ।
वडा अध्यक्ष सुवेदीले बीमा दावी रकमले तत्कालको लागि राहत पुगेको बताए । साथै वडा बासिलाइ बीमामा सहभागी हुन आग्रह गर्दै दिवङ्गत प्रती श्रद्धाञ्जली अर्पण गर्दै चेक हस्तान्तरण गरेक थिए ।













