११ श्रावण २०८३, सोमबार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, अनलाइनबाट बोलकबोल पेश गर्न सकिने



काठमाडौं । सरकारले आन्तरिक स्रोतबाट १० अर्ब रुपैयाँ संकलन गर्न ३ वर्ष अवधिको विकास ऋणपत्र ‘२०८५ ढ’ जारी गर्ने भएको छ । ऋणपत्र भदौ ११ गते (बुधवार) बोलकबोल प्रणाली मार्फत जारी गरिनेछ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार बैंक, वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले बोलकबोलमा भाग लिन सक्नेछन् । न्यूनतम ५० हजार रुपैयाँको दरमा अनलाइन माध्यमबाट बोलकबोल पेश गर्न सकिनेछ ।

कुल रकममध्ये ८५ प्रतिशत प्रतिस्पर्धी र १५ प्रतिशत अप्रतिस्पर्धी बोलकबोलकर्ताका लागि छुट्याइएको छ । ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ, जसमा आयकर लाग्नेछ। कट–अफ ब्याजदरको आधारमा ऋणपत्र वितरण गरिनेछ ।

राष्ट्र बैंकले इजाजत प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई भने अप्रतिस्पर्धी बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरेको छ । सावाँ भुक्तानी २०८५ भदौ १२ गते हुनेछ । ऋणपत्र धितो राखी कर्जा लिन सकिने सुविधा पनि उपलब्ध हुनेछ ।