पशुपति क्षेत्रको अवलोकनमा मन्त्री पाण्डे - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पशुपति क्षेत्रको अवलोकनमा मन्त्री पाण्डे



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसरको अवलोकन गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका पाण्डेले पशुपतिनाथ पुगेर दर्शनार्थीहरूसँग संवाद गर्दै त्यहाँको व्यवस्था र अवस्थाबारे चासो देखाए । दर्शनका लागि भक्तजनलाई सहज वातावरण मिलाउन कोषले गरेको प्रयासप्रति सन्तोष व्यक्त गरे ।

दर्शन गर्न आउने जो कोहीलाई पनि छिटोछरितो तथा व्यवस्थित रूपमा दर्शन गर्न पाउने वातावरण कायम गर्न कोषका कर्मचारीलाई आवश्यक निर्देशन दिए ।

पशुपति मन्दिरमा पुगेका भक्तजनहरूको सहज पूजाअर्चना सुनिश्चित गर्न विशेष ध्यान दिएका न्त्री पाण्डेले शान्ति–सुरक्षाको पक्षमा खटिएका सुरक्षाकर्मीहरूसँग समेत प्रत्यक्ष जानकारी लिएका थिए ।

यस वर्ष विगतका तुलनामा बढी सहज र व्यवस्थित वातावरणमा पूजा–दर्शन गर्न पाएको अनुभव सुनाउँदै दर्शनार्थीहरूले कोष, सुरक्षाकर्मी तथा व्यवस्थापकिय निकायको कार्यको प्रशंसा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्