महालक्ष्मी विकास बैंकको कम्पनी सचिवमा पन्त, चार वर्षको कार्यकाल
काठमाडौं । महालक्ष्मी विकास बैंकमा कम्पनी सचिवको जिम्मेवारी हेरफेर गरिएको छ । बैंकले हाल यस्तो जिम्मेवारी सोमराज पन्तलाई प्रदान गरेको हो ।
बैंक संचालक समितिको भदौ ८ गते बसेको बैठकले पन्तलाई चार वर्षका लागि कम्पनी सचिवमा नियुक्ति गरेको छ । उनको कार्यकाल आज अर्थात् भदौ १० गतेदेखि लागू हुनेछ ।











