आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ग्राण्डि हस्पिटलमा विषेश छुट  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ग्राण्डि हस्पिटलमा विषेश छुट 



काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त ग्राण्डि हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट प्राप्त हुने भएके छ भने वेलनेस प्याकेजमा विषेश सहुलियत दिने भएको छ ।

सम्पर्क व्यक्तिको सम्पुर्ण जानकारी कम्पनीको अधिकारिक बेवसाइटमा :https://imelifeinsurance.com/press-release / मा राखिएको छ ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्