१४ प्रतिशत बढ्यो अभिकर्ता कमिशन : जीवन बीमा कम्पनीले एकै वर्ष बाँडे १५ अर्ब, कसले कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१४ प्रतिशत बढ्यो अभिकर्ता कमिशन : जीवन बीमा कम्पनीले एकै वर्ष बाँडे १५ अर्ब, कसले कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशनका लागि खर्चिने रकम दोहोरो अंकमा बढाएका छन् । एकै वर्ष कम्पनीहरुले झन्डै १५ अर्ब रुपैयाँ यस्तो शीर्षकमा खर्चिएका छन् ।

कम्पनीहरुले हालै उपलब्ध गराएको गत आर्थिक २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

हाल १४ वटा ठुला जीवन बीमा कम्पनीहरुले संचालनमा छन् । ती कम्पनीहरुले गत आवमा १४ अर्ब ८० करोड ७० लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएका छन् । जबकि, अघिल्लो वर्ष यस्तो शीर्षकको खर्च १२ अर्ब ९८ करोड ८ लाख रुपैयाँ रहेको थियो ।

गत वर्ष सबै कम्पनीहरुले अभिकर्ता कमिशन खर्च बढाएका छन् । रकमका आधारमा सबैभन्दा धेरै खर्च नेपाल लाइफले गरेको देखिन्छ । कम्पनीको यस्तो खर्च १५.२५ प्रतिशत बढेर ३ अर्ब ६६ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलेले पनि अभिकर्ता कमिसनका लागि २ अर्ब १८ करोड ४२ लाख रुपैयाँ खर्चिएको छ । यो अघिल्लो वर्षको तुलनामा २९.४ प्रतिशत धेरै हो । अघिल्ले वर्ष नेशनल लाइफले यस्तो शीर्षकमा १ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ खर्चिएको थियो ।

यता, एलआइसी नेपालले पनि अभिकर्ताका लागि १ अर्ब ४७ करोड ७४ लाख, हिमालयन लाइफले १ अर्ब ४६ करोड २९ लाख, सूर्यज्योतिले १ अर्ब २ करोड २८ लाख रुपैयाँ खर्चिएको छ ।

अभिकर्ता कमिसन खर्च सन नेपाल लाइफको धेरै छ । कम्पनीको यस्तो खर्च ३०.३९ प्रतिशत बढाएर ४२ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष एशियन लाइफले ८१ करोड ७ लाख, सिटिजनले ७२ करोड ५४ लाख, सानिमा रिलायन्सले ७१ करोड ८६ लाख, रिलायबलले ५३ करोड ६२ लाख, प्रभू महालक्ष्मीले ५३ करोड ६ लाख, मेट लाइफले ५२ करोड ८० लाख, आइएमईले ५२ करोड ७३ लाख राष्ट्रिय जीवन बीमाले १८ करोड ९९ लाख रुपैयाँ अभिकर्ता कमिशनका लागि खर्चिएका छन् ।


प्रतिक्रिया दिनुहोस्