२ आश्विन २०८३, शुक्रबार

सहुलियतपूर्ण कर्जा लिने ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्नुपर्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूलाई अबदेखि सहुलियतपूर्ण कर्जा लिने ऋणीहरूको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो निर्देशन दिएको हो ।

संशोधित निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा लिने ऋणीहरूको छुट्टाछुट्टै विवरण आफ्नो वेबसाइट मार्फत त्रैमासिक रूपमा प्रकाशन गर्नुपर्नेछ ।

यसबाट सहुलियतपूर्ण कर्जा वितरणमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

निर्देशनमा भनिएको छ,‘बैंक तथा वित्तीय संस्थाले“सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्र्यिवधि, २०७५” बमोजिम हाल कायम रहेका ऋणी र “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्र्यिवधि, २०८२” बमोजिम सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण आफ्नो वेबसाइटमार्फत त्रैमासिक रुपमा सार्वजनिक गर्नु पर्नेछ ।’