दूधको बक्यौता नपाएकाे भन्दै दुग्ध किसान आन्दोलनमा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दूधको बक्यौता नपाएकाे भन्दै दुग्ध किसान आन्दोलनमा



काठमाडौं । दूधको बक्यौता रकम नपाएको भन्दै नेपाली दुग्ध किसानहरु पनि सडक आन्दोलनमा उत्रिएका छन् ।

दुग्ध विकास संस्थानलाई किसानको दूधको मूल्य उपलब्ध गराउन आग्रह गरिँदै आए पनि अझैसम्म उक्त रकम प्राप्त नहुँदा किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।

नेपाली दुग्ध उत्पादक किसानहरूले विगत लामो समयदेखि दूध बिक्री वितरणका क्रममा गम्भीर समस्या व्यहोर्नु परिरहेको पटकपटक दुग्ध विकास संस्थान लगायतका निकायलाई दूधको मूल्य भूक्तानीका बारेमा ध्यानाकर्षण गराउँदै आए पनि यसको सम्बोधन नभएकै कारण किसानहरूले ठुलो पीडा र आर्थिक संकट व्यहोर्न बाध्य भएको बताएका छन् ।

दूधको बक्यौता रकम भुक्तानी नगरेकाले किसानहरूलाई आफ्नो परिवार पालनपोषण, छोराछोरीको शिक्षादीक्षा तथा पशुपालनमा कठिनाइ भएको उनीहरको भनाइ छ ।

यता सरकारले बजेट अभाव देखाउँदै उखु किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै आएका उखु किसानहरुले राजमार्ग केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्