लाइफ इन्स्योरेन्स कर्पोरेशन स्थापनाको २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश
काठमाडैं। लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेड आफ्नो स्थापनाको २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ ।
एलआइसी नेपाल इ।स। २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आइरहेको नेपालको एक अग्रणी बीमा कम्पनी हो ।
नेपालको कुनाकाप्चा र बहुसंख्यक नागरिकका बीच बीमा बारे सचेतना बढाई बीमासेवाको दायरा बृद्दि गर्न एलआइसी नेपालले अहम भूमिका खेलेको छ ।
२४ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमूख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा यस कम्पनीका संचालक कोमल अग्रवालले कम्पनीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता ,एजेन्सी म्यानेजर एवं निम्तालु अतिथीहरुलाई दोसल्ला ओडाई तथा टिका एवं माला पहिर्याई सम्मान गरेका हुन् ।
कार्यक्रममा प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुनुहुने एजेन्ट पूर्ण बहादुर खड्का, रामकुमार अधिकारी र एजेन्सी म्यानेजरको आधारमा प्रथम हुनुहुने रीता खतिवडालाई माला तथा दोसल्ला ओडाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक प्रणय कुमारले वर्तमान विषम परिस्थितिको वावजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आईपर्ने जोखिममलाई न्यूनिकरण गरी आम नागरिकको बिश्वास जित्न सफल भएको र यस वर्ष नविकरण शुल्कमा ऐतिहासिक रेकर्ड कायम भएको र नेपालमा जीवन बीमा कोषको आधारमा द्वीतीय स्थान हासिल गरेकोमा हर्ष व्यक्त गरे ।
त्यसै गरी प्रमुख कार्यकारी अधिकृत कुमारले २४ औं सुखद वसन्त पार गरि २५ औं वर्षमा प्रवेश गर्नु गर्वको विषय भएको भन्दै कम्पनीलाई सफलताको यो उचाइसम्म ल्याई पुर्याउनमा नियमनकारी निकाय, संचालक समिति, शेयरधनी एवं कर्मचारी लगायत सबैमा धन्यवाद व्यक्त गरे।
कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीलेएलआईसी नेपाल नेपालको बीमा क्षेत्रको विश्वविद्ञालय भएको र यहाँबाट सिङ्गै बीमा क्षेत्र लगायत धेरै जनशक्तिले बीमा बारे सिक्ने अवसर पाएको भनी गर्व गरे । उनले एलआईसी नेपालको निरन्तर प्रगतिको कामना गर्दै आगामी दिनमा कम्पनीलाई उचाईमा पुर्याउन अझ मेहनत गर्नुपर्ने बताए ।













