आजदेखि मञ्जुश्री फाइनान्सको कर्पोरेट कार्यालय थापाथली स्थित आफ्नै भवनमा - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

आजदेखि मञ्जुश्री फाइनान्सको कर्पोरेट कार्यालय थापाथली स्थित आफ्नै भवनमा



काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको कर्पोरेट कार्यालय स्थानान्तरण भएको छ । संस्थाको केन्द्रिय कार्यालय अब काठमाडौंको थापाथली स्थित आफ्नै भवनमा स्थानान्तरण भएको हो ।

हाल संस्थाको केन्द्रिय कार्यालय काठमाडौ महानगरपालिका १० नयाँ बानेश्वरमा रहेको थियो । तर, अब भने थापाथली अवस्थित आफ्नै भवनमा सेवा प्रवाह गर्नेछ ।

कर्पोरेट कार्यालय स्थानान्तरणका लागि नेपाल राष्ट्र बैंकले भदौ १२ गते स्वीकृति दिएको थियो । स्वीकृति पश्चात सोमबार (भदौ १६ गते) देखि सरेको संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्