२ आश्विन २०८३, शुक्रबार

विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउँदै राष्ट्र बैंक, ल्यायो एसआईपीएसको फ्रेमवर्क



काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीको तीव्र विस्तारलाई ध्यानमा राख्दै ‘सिस्टेमेटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम’ को फ्रेमवर्क सार्वजनिक गरेको छ ।

नयाँ फ्रेमवर्क मार्फत प्रणालीगत रूपमा अत्यन्त महत्त्वपूर्ण भुक्तानी प्रणालीहरूको स्पष्ट मापदण्ड तय गरिने केन्द्रिय बैंकले जनाएको छ ।
देशको डिजिटल भुक्तानी संरचनालाई थप सुरक्षित, भरपर्दो र नियमनमा राख्न मद्दत गर्नेछ ।

चालु आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिमा उल्लेखित योजना अनुसार यस्तो फ्रेमवर्क ल्याइएको हो । उच्च मूल्यका र संवेदनशील भुक्तानीहरू समेट्ने प्रणालीहरूलाई विशेष निगरानीमा राख्ने प्रावधान गरेको छ ।