अब ‘अनलाइन ट्र्याकिङ’ मा विदेशी नागरिक, असोज १ गतदेखि नयाँ नियम लागू - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अब ‘अनलाइन ट्र्याकिङ’ मा विदेशी नागरिक, असोज १ गतदेखि नयाँ नियम लागू



काठमाडौं । अब नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको गतिविधि राज्यको निगरानीमा रहने भएको छ । अध्यागमन विभागले विदेशी नागरिकको आगमन, बसोबास र गतिविधि नियमन गर्न ‘दर्ता तथा अनुगमन प्रणाली’ लागू गर्न लागेको हो ।

यो प्रणाली आगामी असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा लागू हुनेछ । दोस्रो चरणमा मंसिर १ बाट सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स, मनी एक्सचेन्जर लगायतमा विस्तार गरिने विभागले जनाएको छ ।

अध्यागमन विभागका अनुसार यो प्रणालीले विदेशी नागरिकहरूको बसोबास अभिलेख राख्न, आपत्कालीन अवस्थामा उद्धार गर्न, र सम्भावित अपराध नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । विभागले जारी गरेको विज्ञप्ति भनिएको छ,‘देशको सुरक्षा, अन्तर्राष्ट्रिय प्रतिष्ठा, वैदेशिक लगानी र पर्यटन प्रवर्धनका लागि विदेशी नागरिकको गतिविधि निगरानीमा रहन जरुरी छ ।’

साथै, विदेशी नागरिकलाई सेवा दिने सबै सार्वजनिक तथा निजी संस्थाहरूलाई अनिवार्य रूपमा प्रणालीमा आबद्ध हुन अनुरोध गरिएको छ । अनुगमनका लागि ७७ वटै जिल्लामा अनुगमन समिति सक्रिय बनाइने विभागको जानकारी छ ।


प्रतिक्रिया दिनुहोस्