बीमा प्राधिकरणकाे अध्यक्षमा १३ जनाकाे आवेदन, कसले मार्ला बाजी ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा प्राधिकरणकाे अध्यक्षमा १३ जनाकाे आवेदन, कसले मार्ला बाजी ?



काठमाडाैँ । नेपाल बीमा प्राधिकरणकाे अध्यक्षमा १३ जनााकाे आवेदन परेकाे छ । सरकारले गत भदाै १३ गते प्राधिकरणकाे अध्यक्षकाे लागी दरखास्त आह्वान गरेकाे थियाे ।

सरकारले ताेकेकाे म्याद हिजाे शुक्रबार समाप्त भएकाे छ । साे अवधीमा १३ जनाले आवेदन दिएका छन् ।

काे-काे छन् दावेदार ?

बीमा प्राधिकरणकाे अध्यक्षकाे लागी विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई, महेश्वर न्यौपाने, प्रा.डा. दिपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्लेले आवेदन दिएका छन् ।

आवेदकहरू बसाैला स्वास्थ्य बीमा बाेर्डका पुर्व कार्यकारी निर्देशक हुन् भने शिवाकाेटी राष्ट्र बैकका पुर्व डेपुटी गभर्नर हुन् ।  देवकुमार ढकाल र डा. राजेन्द्र पण्डित राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक हुन् ।


प्रतिक्रिया दिनुहोस्