जेनजी आन्दोलन : सबै उडानहरू बन्द, यात्रुको पैसा फिर्ता हुने
काठमाडौं । जेनजी आन्दोलनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार साढे २ बजेदेखि बन्द गरिएको छ ।
विमानस्थलको सेवा भोलि बुधबार दिउँसो १२ बजेसम्म बन्द रहने भएको छ । यसले उडानहरूमा ठूलो प्रभाव पारेको छ ।
बुद्ध एयर जस्ता प्रमुख आन्तरिक वायुसेवा कम्पनीहरूले प्रभावित यात्रुसँग माफी माग्दै पैसा फिर्ता गर्ने जानकारी दिएका छन् । वायुसेवा सञ्चालक संघले पनि जेनजी आन्दोलनका कारण उडान गर्न नपाएका यात्रुको पैसा फिर्ता गर्ने जनाएको छ ।
यात्रुले सम्बन्धित वायुसेवा कम्पनीबाट रकम फिर्ता लिन सक्नेछन् ।













