जेनजी आन्दोलन : सबै उडानहरू बन्द, यात्रुको पैसा फिर्ता हुने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जेनजी आन्दोलन : सबै उडानहरू बन्द, यात्रुको पैसा फिर्ता हुने



काठमाडौं । जेनजी आन्दोलनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार साढे २ बजेदेखि बन्द गरिएको छ ।

विमानस्थलको सेवा भोलि बुधबार दिउँसो १२ बजेसम्म बन्द रहने भएको छ । यसले उडानहरूमा ठूलो प्रभाव पारेको छ ।

बुद्ध एयर जस्ता प्रमुख आन्तरिक वायुसेवा कम्पनीहरूले प्रभावित यात्रुसँग माफी माग्दै पैसा फिर्ता गर्ने जानकारी दिएका छन् । वायुसेवा सञ्चालक संघले पनि जेनजी आन्दोलनका कारण उडान गर्न नपाएका यात्रुको पैसा फिर्ता गर्ने जनाएको छ ।

यात्रुले सम्बन्धित वायुसेवा कम्पनीबाट रकम फिर्ता लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्