सबै बीमा कम्पनीलाई ‘वर्क फ्रम होम’ गर्न प्राधिकरणको निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले नेपालभित्र सञ्चालिन सम्पूर्ण बीमा कम्पनीलाई कार्यालय नखोल्न भनेको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै ‘सुरक्षा व्यवस्था सामान्य नहुञ्जेलसम्मका लागि घरबाटै कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन’ अनुरोध गरेको छ ।
प्राधिकरणले सबै बीमा कम्पनीहरु, तिनका शाखा र उपशाखाबाट सञ्चालित कारोबार अब घरबाटै गर्न भनिएको छ ।
साथै आफ्ना कर्मचारी र भौतिक सम्पत्तीको सुरक्षा सुनिश्चित गर्नका लागि सुरक्षा निकायहरुको आदेश पूर्ण रुपमा पालना गर्न पनि प्राधिकरणले भनेको छ ।














