खुल्याे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरेर मात्रै विमानस्थल आउन क्यानको आग्रह - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

खुल्याे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरेर मात्रै विमानस्थल आउन क्यानको आग्रह



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले साढे ३ बजेदेखि विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुहरुले आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उड़ान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न आग्रह गरेको छ ।

क्यानद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘विषम परिस्थितिका कारण मिति २०८२/५/२४ बाट बन्द गरिएका हवाई उडानहरुलाई आज मिति २०८२/५/२५ मा बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः सुचारु गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ । हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आ-आफ्नो वायुसेवा कम्पनी संग सम्पर्क गरी उड़ान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवत जावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन हुन समेत अनुरोध
छ ।’


प्रतिक्रिया दिनुहोस्