ओरियन्टल इन्स्योरेन्सले भन्यो,‘दाबी भुक्तानी पारदर्शी छ, हामी सक्षम छौं’ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ओरियन्टल इन्स्योरेन्सले भन्यो,‘दाबी भुक्तानी पारदर्शी छ, हामी सक्षम छौं’



काठमाडौं । पछिल्लो समय देशभर फैलिएको आन्दोलन र त्यसबाट भएको क्षतिको सन्दर्भमा ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित ग्राहकलाई दाबी प्रक्रिया छिटो र सहज ढंगले सम्पन्न गरिने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले सबै दाबीहरू निष्पक्ष र पारदर्शी ढंगले व्यवस्थापन गरिने स्पष्ट पारेको छ ।

एक विज्ञप्ति जारी गर्दै कम्पनीले हालको असहज परिस्थितिका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्यक्त गरेको छ । मृतकप्रति श्रद्धाञ्जली र पीडितप्रति समवेदना प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘विगतमा भूकम्प, बाढी, पहिरो जस्ता विपद्मा कम्पनीले क्षति मूल्यांकन गरी सरल ढंगमा दाबी भुक्तानी गर्दै आएको छ । अहिलेको परिस्थितिमा पनि बीमित सम्पत्तिमा पुगेको क्षतिको दाबी सहज र छिटो रूपमा समाधान गरिनेछ ।’

कम्पनीले केही अनलाइन मिडियामा बीमा दाबी सम्बन्धी भ्रमपूर्ण समाचारहरू सार्वजनिक भइरहेको भन्दै त्यस्ता प्रचारप्रति ध्यान नदिन आग्रह समेत गरेको छ । बीमित सम्पत्तिमा क्षति पुगेमा आवश्यक कागजातसहित कम्पनीसँग सिधा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्