वैदेशिक रोजगार विभाग जलेर ध्वस्त हुँदा समेत श्रम स्वीकृतिको काम जारी - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

वैदेशिक रोजगार विभाग जलेर ध्वस्त हुँदा समेत श्रम स्वीकृतिको काम जारी



काठमाडौं । भदौ २४ गते जेनजी प्रदर्शनकारीले वैदेशिक रोजगार विभागमा समेत आगजनी गरेका छन् । आगजनी पश्चात उक्त भवन जलेर नष्ट भएको छ ।

मंगलबार प्रदर्शनकारीले ताहाचलमा रहेको विभागमा तोडफोड तथा आगजनी गरेपछि विभागको तल्लो भवन पूर्णरूपमा ध्वस्त बनेको हो ।

आगजनीबाट प्रशासन शाखा, मुद्दा शाखा तथा महानिर्देशक कार्यकक्ष पूर्णरूपमा ध्वस्त भएको छ ।आगजानी र तोडफोडका कारण विभागमा पूर्णरूपमा क्षति पुगे पनि अहिले आंशिक रूपमा सेवा प्रवाह भइरहेको विभागले जनाएको छ ।

विभागभन्दा माथि रहेको वैदेशिक रोजगार कार्यालयमा भने केही भएकोले श्रम स्वीकृतिको सेवा प्रवाहमा कुनै समस्या नआएको विभागका महानिर्देशक कमल भट्टराईले बताए ।

श्रम स्वीकृतिका लागि अलि–अलि आइरहेकाले विभागका कर्मचारीहरुले अहिले घरबाटै श्रम स्वीकृतिको काम गरिरहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्