के देश अब सेनाले नै ‘टेकओभर’ गर्न खोजेको हो ?
काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यका वरपर रहेका आफ्ना फौजलाई उपत्यकामा बोलाउन थालेको सैनिक स्रोतले जनाएको छ ।
जेनजी आन्दोलनपछि अपदस्थ भएको केपी ओली नेतृत्वको सरकारका ठाउँमा नयाँ सरकार गठन गर्ने कोसिसहरु लम्बिरहेका बेला सेनाले यस्तो कदम चालेको हो ।
विहीबार सैन्य मुख्यालय अगाडी जेनजीका प्रतिनिधीहरुबीच भएको बादविवाद र झैझगडाले उनीहरुको आन्दोलनको परिणाम संस्थागत हुनसक्नेमा सन्देह उत्पन्न हुन थालेको छ ।
यस्तो बेला सबैले आफ्नो राजनीतिक स्वार्थ साँध्ने कोसिसका माझ सेनाले भने बेग्लै तयारी थालेको देखिन्छ ।
गत चैत १५ मा भएको राजतन्त्र पुनःस्थापना सम्बन्धी आन्दोलनमा ‘जनकमाण्डर’ बनेको दुर्गा प्रसाईँले बीबीसी नेपाली सेवासँगको अन्तरवार्तामा पनि आफूले सेनालाई नै अन्तरिम कालका लागि राजकाज हातमा लिन सुझाएको बताएका छन् ।
उनले सकेसम्म जेनजीले भनेकै मान्छेलाई अन्तरिम सरकारको नेतृत्व गरेर ६ महिनाभित्र चुनाव गराउन र त्यसपछि मुलुकलाई पुनः लयमा फर्काउन सुझाव दिएको बताए । यदी नयाँ नेतृत्वमा सहमति जुट्न नसकेमा सेनाले तत्कालका लागि सेनाले नै राज्यसत्ता सञ्चालन गरेर निर्वाचन गराउन आफूले सुझाव दिएको उनले बताए ।
उता भारत सरकार र नेपाली सेनालाई एक ठाउँमा ल्याएर आफ्नो नेतृत्वमा अन्तरिम सरकार बनाउने कोसिसमा जुटेको भनिएका माओबादी अध्यक्ष पुष्पकमल दाहाल पनि अब कांग्रेस, एमाालेसँग सहमति गर्न पुगेका छन् ।
संसदबाट एकमुष्ठ राजिनामा दिन लगाएर आन्दोलनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि त्यही गठबन्धनमा समाहित भएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार एक विज्ञप्ती जारी गर्दै मुलुकलाई पुनः लयमा फर्काउन कांग्रेसले नेतृत्व लिने बताएको भोलिपल्ट चार दलको गठबन्धन जुटेको छ ।
आन्दोलनको आडमा नख्खु जेलबाट भागेका रास्वपा सभापती रवि लामिछाने विरुद्ध युवा पुस्तामा ब्यापक जनआक्रोस देखिको छ । उता विहीबार नै नेपाल प्रहरीले दुई भिन्न सूचना जारी गरेर आन्दोलनका क्रममा दुटिएका हातहतियार र सामान फिर्ता गर्न तथा कारागार तथा हिरासतमा रहेका कैदी, बन्दीहरुलाई फिर्ता आउन भनेको छ ।
यस्तो बेला रवि लामिछाने बाध्य भएर दलीय गठबन्धनमा पुगेका छन् ।
यता सेनाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिलाउने कोसिस गरे पनि उनको नाममा ब्यापक विरोध भएको छ । केही भारतीय पत्रकारलाई उनले अन्तरवार्ता दिँदै भारतीय सत्तासँग निकटता प्रकट गरेपछि उनको माहोल विग्रिन पुगेको हो ।
यी घटनाक्रमलाई राजनीतिक दलहरुले सेना अब राजतन्त्र पुनःस्थापनाको दिशामा अघि बढेको भनेर विश्लेषण गर्न थालेको छ । मुख्य नेताहरु सेनाकै घेराभित्र रहेको अवस्थामा यस प्रकारको तयारी देखेपछि देशैभरी ‘प्रतिगमन विरुद्ध’ आन्दोलन गर्ने तयारी सुरु भइसकेको छ ।
उनीहरुले राष्ट्रपति रामवरण यादवलाई सार्वजनिक गर्न र नयाँ सरकार गठनका सबै पहलहरु राष्ट्रपतिबाटै अघि बढाउन माग गरिरहेका छन् ।
उता राजाबादीहरुले पनि राजतन्त्र पुनःस्थापनाका लागि नयाँ आन्दोलन गर्ने भनेर आफ्ना कार्यकर्तामा सञ्चार गरिरहेको बुझिएको छ ।
यसरी नयाँ आन्दोलन हुँदाको अवस्थामा पनि र त्यो नहुँदा पनि सेनाले सत्ता सम्हाल्नसक्ने संभावना बढेर गएको विश्लेषण सुरु भएको देखिन्छ । तर यसबारे नेपाली सेनाले भने कुनै स्पष्टता दिएको छैन । सतही रुपमा हेर्दा अहिले पनि सेनाले राजनीतिक बृत्तभन्दा बाहिरबाट र वर्तमान संविधानको सीमाभन्दा बाहिरबाट अन्तरिम सरकार गठन गर्ने कोसिस गरिरहेकै देखिएको छ ।













