परिवर्तित घटनाक्रमबारे गभर्नरले थाले छलफल, के होला निकासको बाटो ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पछिल्लो घटनाक्रमका बारेमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधीहरुसँग छलफल गरेका छन् ।
त्यस्तै उद्योगी व्यवसायीका प्रतिनिधीसँग पनि छलफल गरेका छन् ।
आफ्ना दुबै घर जलाइएपछि ‘शरणार्थी’ बनेका गभर्नर पौडेलले अब व्यक्तिगत जीवनको कठीनाइभन्दा माथि उठेर राष्ट्रिय समस्यासँग जुध्ने पहलकदमी लिएका हुन् ।
उनले विद्यमान अवस्था, पछिल्ला घनटनाक्रम, व्यवसायी र वित्तीय सेवा प्रदायकहरुको मनस्थिति एवम् अब अघि बढ्ने रूपरेखाबारे लामो छलफल गरेका छन् ।
नयाँ र अन्तरिम सरकार गठन हुने क्रममा रहेको, निजी तथा सार्वजनिक क्षेत्रको ठूलो संरचना र सम्पत्ती क्षति भएको अवस्थामा अब कसरी अघि बढ्ने भनेर केन्द्रिय बैंकलाई नयाँ रणनीति बनाउन यी छलफलहरु महत्वपूर्ण हुने राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।
यसै पनि वित्तीय क्षेत्र र पुरापुर अर्थतन्त्र समस्याहरुसँग जुधिरहेका बेला देखा परेको नयाँ संकटसँग जुध्न अब राष्ट्र बैंकका लागि भिन्न रणनीतिहरु आवस्यक पर्नसक्ने अड्कलबाजीहरु भएका छन् ।















