पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी अवरुद्ध - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी अवरुद्ध



काठमाडौं । पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी अवरुद्ध भएको छ।

सोमबार बिहान करिब ९ बजे तुइन खोला नजिकै पहिरो खसेपछि सडकको एकतर्फी सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।

हाल पहिरो हटाउने कार्य जारी रहेको र सडक दुबैतर्फ सुचारु गर्न प्रयास भइरहेको छ।

बरसातको समयमा ढुंगा तथा माटो खस्ने जोखिम उच्च हुने भएकाले, सो क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन र सडक अबस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्