चीनको ग्वाङझाउमा सीधा उडान गर्दै नेपाल एयरलाइन्स - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

चीनको ग्वाङझाउमा सीधा उडान गर्दै नेपाल एयरलाइन्स



काठमाडाैं । नेपाल वायुसेवा निगमले चीनको ग्वाङझाउमा सीधा उडान सुरू गर्ने भएको छ । निगमले सेप्टेम्बर २५ अर्थात ९ असोज गतेदेखि चीनको ग्वाङझाउमा सीधा उडान गर्न लागेको हो ।

नेपाल वायुसेवा निगमले आइतबार सूचना जारी गर्दै नयाँ गन्तव्य ग्वाङझाउ, चीनमा उडान सुरु गर्न लागेको जनाएको छ। यसका लागि निगमले अग्रिम टिकट बुकिङ खुला गरेको छ, जसले नेपाल–चीन यात्रुहरूलाई थप विकल्प प्रदान गर्नेछ।

हाल ग्वाङझाउमा काठमाडौंबाट चाइना साउर्दन एयरलाइन्सले मात्र सिधा उडान गर्दै आएको छ।

निगमले यसअघि जापानको नारिता, मलेसियाको क्वालालम्पुर, हङकङ, कतारको दोहा, यूएईको दुबई, साउदी अरबको दमाम र थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

यस्तै, भारतका दिल्ली, मुम्बई र बेंगलोरमा पनि नियमित उडान गर्दै आएको निगमले अब चीनमा पनि सेवा विस्तार गरेको हो।


प्रतिक्रिया दिनुहोस्