अब ई-७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने
काठमाडौं । अब ई-७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन्।
हाल रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कामदार कोरिया जाने गरेकामा अब जान नपाउने वैदेशिक रोजगार विभागले जनाएकाे छ ।
विभागले मंगलबार सूचना जारी गरेर कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशन प्राप्त भएसँगै बीटुबी माध्यमबाट ई ७ भिसामा कोरिया जान नपाइने जानकारी दिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको विभागले जनाएको छ।

















