जेनजीको प्रदर्शनः उद्योग क्षेत्रमा मात्र ३६ अर्बको क्षति भएको सीएनआईको प्रारम्भिक अनुमान - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जेनजीको प्रदर्शनः उद्योग क्षेत्रमा मात्र ३६ अर्बको क्षति भएको सीएनआईको प्रारम्भिक अनुमान



काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनमा भएको आगजनी र तोडफोडबाट उद्योग व्यवसायमा करिब ३६ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का अनुसार, उक्त क्षति मुख्यतया उद्योग र व्यवसाय क्षेत्रमा भएको हो।

क्षतिको विवरण संकलन भइरहेको र मूल्यांकन कार्य जारी रहेकोले क्षतिको संख्या र रकम अझै बढ्न सक्ने सम्भावना रहेकाे परिसंघले जनाएकाे छ।

यसले मुलुकभरिका उद्योग र व्यवसायहरूमा करिब साढे १५ हजार रोजगारीलाई प्रत्यक्ष रूपमा असर गरेको प्रारम्भिक आँकलन गरिएको छ। परिसंघ अन्तर्गत केन्द्रमा ३ सय ५० साना र मझौला उद्यमी सदस्य रहेका छन्, र मुलुकभर करिब ७ हजार सदस्य रहेका छन्।


प्रतिक्रिया दिनुहोस्