मुक्तिनाथ विकास बैंक १८.२० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंक १८.२० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

यो वर्ष बैंकले हाल कायम चुक्ता पूँजीको १८.२० प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.६७ प्रतिशत नगद लाभांश दिने भएको हो । गत भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रस्तावित उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्