बीमा प्राधिकरणका अध्यक्ष ओझालाई 'काम नर्गन' अर्थ मन्त्रालयको पत्र - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा प्राधिकरणका अध्यक्ष ओझालाई ‘काम नर्गन’ अर्थ मन्त्रालयको पत्र



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई ‘काम नर्गन’ अर्थ मन्त्रालयले पत्र पठाएको छ ।

सचिवस्तरको निर्णय मार्फत प्राधिकरणलाई पत्र पठाई ओझालाई आफ्नो पदीय भूमिकामा रहेर कार्यसम्पादन नर्गन भनिएको हो । सर्वोच्च अदालतको अल्पकालीन आदेशलाई आधार बनाएर ओझा भदौ ३१ गते कार्यालयमा प्रवेश गरेका थिए ।

उनी प्राधिकरणको अध्यक्ष पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । अदालतले भदौ २३ गते मन्त्रिपरिषद्को निर्णय यथास्थितिमा राख्न आदेश दिएको थियो ।

तर, अर्थ मन्त्रालयले ओझाको हाजिरीलाई औपचारिक स्वीकृति नदिएको स्पष्ट गर्दै हाललाई उनलाई प्राधिकरणमा काम गर्न नदिन निर्देशन दिएको छ । ओझालाई बाहाली गर्न आदेश नभएको मन्त्रालय स्रोतले बताएको छ । के आधारमा हाजिर भएको हो भन्ने नखुलेकाले हाल काम नगर्न मन्त्रालयले पत्र पठाएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्