चाडपर्वको मुखमा ७ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, घर फर्किने यात्रुलाई थप समस्या - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चाडपर्वको मुखमा ७ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, घर फर्किने यात्रुलाई थप समस्या



काठमाडौं । देशभर वर्षासँगै आएको बाढी र पहिरोका कारण चाडपर्व नजिकिँदै गर्दा सातवटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार संखुवासभा, रसुवा, सिन्धुपाल्चोक, चितवन, म्याग्दी र जाजरकोटका विभिन्न सडकखण्डहरूमा पहिरोले आवागमन ठप्प पारेको हो ।

सबैभन्दा बढी असर संखुवासभाको भोटखोला र मकालु क्षेत्रमा परेको छ भने रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको कोदारी, र चितवनको इच्छाकामनास्थित तुइनखोलामा सडक पूर्ण अवरुद्ध भएका छन् ।

म्याग्दीको घुमाउरो भिर र जाजरकोटको भिरकुना पनि पहिरोले ठप्प छन् । सडक बन्द हुँदा यात्रुहरू अलमलमा परेका छन् भने चाडपर्वका लागि घर फर्किन लागेकाहरूलाई थप समस्या हुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्