२ आश्विन २०८३, शुक्रबार

घटस्थापनाको बिदामा पनि आरटिजिएस सेवा खुला



काठमाडौं । आज घटस्थापनाको सार्वजनिक बिदा भए पनि ठूलो रकमको विद्युतीय भुक्तानी प्रणाली ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) सेवा सञ्चालनमा रहने भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आरटिजिएस प्रणाली आज सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला हुनेछ । राष्ट्र बैंकले सूचना जारी गर्दै अत्यावश्यक भुक्तानीहरू सहज बनाउन सेवा सुचारु गरिएको जानकारी दिएको हो ।

आरटिजिएस प्रणाली मुख्यत: ठूलो मूल्य र तुरुन्तै सेटल गर्नुपर्ने कारोबारका लागि प्रयोग गरिन्छ । बैंक तथा वित्तीय संस्थाहरूले आपसी भुक्तानी, संस्थागत कारोबार तथा उच्च मूल्यका ट्रान्सफरमा यो प्रणाली प्रयोग गर्ने गर्छन् ।