मुग्लिन–नारायणगढ सडक खण्ड पुन: दुईतर्फी सञ्चालनमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मुग्लिन–नारायणगढ सडक खण्ड पुन: दुईतर्फी सञ्चालनमा



काठमाडौं । केही समयदेखि पहिरोका कारण एकतर्फी मात्र सञ्चालन हुँदै आएको मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला पुल नजिकको बाटो अब पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार साँझ साढे ५ बजेबाट दुबै दिशाबाट सवारी आवागमन सहज रूपमा सञ्चालनमा आएको हो ।

पहिरो हटाउने कार्य सफलतापूर्वक सम्पन्न भएपछि रोकिएका सवारी साधनहरूलाई आफ्नो गन्तव्यतर्फ जान दिइएको छ ।
यस्तै, सवारी चालक तथा यात्रुहरूलाई आफ्नो लेनमा रहेर अनुशासित ढंगले यात्रा गर्न आग्रह रहेको छ । सडकमा अझै केही स्थानहरूमा जोखिम यथावत् रहेकाले विशेष सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्