सिलवालले जिम्मेवारी सम्हाल्दै गरे दुई निर्णय, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता उठाउने प्रक्रिया अघि बढाउने
सिलवालले जिम्मेवारी सम्हाल्दै गरे दुई निर्णय, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता उठाउने प्रक्रिया अघि बढाउने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नयाँ कार्यकारी निर्देशक मनोज सिलवालले आजबाट आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
पदभार ग्रहण गर्ने क्रममा सिलवालले ठूलो बजेटका आयोजना र कामहरूमा प्रतिस्पर्धा पछि नापजाँच गर्न नयाँ समिति गठन गर्ने निर्णय गरेका छन् ।
साथै, उच्च तहका कर्मचारीको सरुवा प्रक्रियामा सुधार गर्दै कार्यकारी निर्देशकलाई थप अधिकार दिने व्यवस्था अघि बढाइएको छ । सिलवालले दसैं–तिहारका चाडपर्वमा नियमित र अविचलित विद्युत् आपूर्तिलाई पहिलो प्राथमिकता रहेको बताए ।
उनले उद्योग क्षेत्रबाट विद्युत् बक्यौता उठाउने कामलाई जोड दिने र डेलिकेट र ट्रंक लाइनका भुक्तानी प्रक्रियाको समीक्षा गर्ने पनि बताएका छन् । चाडपर्वपछि प्राधिकरणको आन्तरिक सुधार र वित्तीय स्थिरताका लागि नयाँ रणनीतिहरू लागू गरिने सिलवालले जानकारी दिए ।













