झापा इनर्जीकाे आईपीओ बाँडफाड, १८ लाख २० हजार भन्दा बढीकाे हात खाली
काठमाडाैं । झापा इनर्जी लिमिटेडकाे आईपीओ बाँडफाड भएको छ ।कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि जारी गरेको आईपीओ बुधबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर बिक्री गरेको थियो।
सो शेयरमा १८ लाख ६८ हजार १४१ जनाले २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयरका लागि आवेदन दिएका थिए भने जसमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भए र बाँकी रद्द भएका छन्।
यसमा ४७ हजार ३३३ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ६ कित्ता शेयर सोही लगानीकर्ताहरुमा एक कित्ताका दरले बाँडफाँट गरिएको छ। जसअनुसार ६ जना आवेदकले ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।













