आज पनि तोलामा १३०० रुपैयाँ बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आज पनि तोलामा १३०० रुपैयाँ बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ ।  मंगलबार एकैदिन ३ हजार ९०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि तोलामा १३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख २३ हजार रुपैयाँ पुगेको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँ कायम भएको थियो।

यस साता आइतबार सुनकाे मूल्य ताेलामा ११ सय, सोमबार ७०० रूपैयाँ र मंगलबार ३ हजार ९०० रूपैयाँले बढेकाे हाे ।

अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँ बढेर चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ। आज चाँदी प्रतितोला २ हजार ७०० रुपैयाँ भएको छ। मंगलबार चाँदी २ हजार ६ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्