११ श्रावण २०८३, सोमबार

९ देशका दूतावाससँग ‘भर्चुअल’ बैठक : वैदेशिक रोजगारीका समस्या र समाधान बारे छलफल



काठमाडौं । नेपालका श्रमिक आप्रवासी र पर्यटक भिसामा अन्य देशमा जानुका कारण उत्पन्न समस्याबारे छलफल गर्न अध्यागमन विभागले विदेशस्थित नेपाली राजदूतहरूसँग ‘भर्चुअल’ बैठक गरेको छ ।

बैठकमा ९ देशका नेपाली राजदूत र दूतावासका अधिकारीहरूले वैदेशिक रोजगारीको समस्याहरू, बिचौलियाको प्रभाव र नेपालका नागरिकको सुरक्षा सुनिश्चित गर्न रणनीतिहरूको विषयमा छलफल गरेका छन् ।

बैठकमा जेनजी आन्दोलनपछि उत्पन्न समस्याहरू विशेषगरी यूएई र खाडी मुलुकमा कडाइका कारण नेपाली श्रमिकको अवस्थाबारे छलफल गरिएको थियो ।

युनाइटेड अरब इमिरेट्स, कतार, मलेसिया र थाइल्यान्ड लगायतका देशका दूतावासहरूसँग वैदेशिक रोजगारमा देखिएका समस्याहरूको समाधानका लागि दीर्घकालीन रणनीति तय गर्न अनुरोध गरिएको छ ।

बैठकमा भिजिट भिसामा जाने नेपालीको बीमा अनिवार्य गर्ने, दूतावासहरूमा कर्मचारी अभाव समाधान गर्ने र वैदेशिक रोजगारका क्षेत्रहरूलाई व्यवस्थित गर्न स्थानीय तहमा सचेतना अभियानको आवश्यकता समेत जोड दिइएको थियो ।

बैठकमा यूएई, कुवेत र अन्य खाडी मुलुकहरूमा वैदेशिक रोजगारका क्षेत्रलाई व्यवस्थित गर्न विभिन्न कदम चाल्नका लागि सल्लाह र रणनीति बनाइएको विभागले जनाएको छ ।