नख्खु कारागारबाट फरार सहकारी ठगी आरोपी शर्मा पक्राउ
ललितपुर । नख्खु कारागारबाट फरार भएका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार सानेपाबाट पक्राउ गरेको हो ।
शर्मा सहकारी ठगी र २२ अर्बभन्दा बढीको सम्पत्ति शुद्धीकरण मुद्दामा अभियुक्त छन् । यसअघि उनलाई भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । अब उनलाई पुन: नख्खु कारागारमा स्थानान्तरण गरिएको छ ।












