तुइनखोलामा पहिरो पन्छाउने काम तीव्र, आजै साँझसम्म सडक खुल्ने सम्भावना - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तुइनखोलामा पहिरो पन्छाउने काम तीव्र, आजै साँझसम्म सडक खुल्ने सम्भावना



काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइनखोलामा खसेको पहिरो हटाउने कार्य तीव्र गतिमा अघि बढेको छ । सडक विभागका अनुसार अहिले ६ वटा डोजर लगातार पहिरो पन्छाउने कार्यमा खटिएका छन् ।

गत मंगलबार भारी वर्षापछि चट्टानसहितको पहाड खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । यद्यपि, बुधबार राति फेरि भारी वर्षा भए पनि थप पहिरो नखसेको विभागले जनाएको छ ।

विभागका अनुसार आज साँझसम्म पहिरो पूर्ण रूपमा हटाएर सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

तुइनखोलाको यो खण्ड लामो समयदेखि पहिरोको उच्च जोखिममा रहँदै आएको छ । बर्खायाममा बारम्बार पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रमले यात्रु तथा मालवाहक सवारीमा असर पुग्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्