११ श्रावण २०८३, सोमबार

जी मोटर्सको ‘हामी सँगै गुड्ने छौं’ योजनाः के-के छन् अफर ?



काठमाडौं । जी मोटर्स प्रालिले एक विशेष योजना ‘हामीसँगै गुड्नेछाैं’ सार्वजनिक गरेकाे छ ।

दशैं र दैनिक तथा व्यावसायिक साझेदारी सहज बनाउने उद्देश्यले कम्पनीले तत्काल नयाँ स्काइवेल ईभी डेलिभरी गर्ने विशेष योजना ल्याएको हो ।

नेपालमा विद्यमान आर्थिक मन्दी र देशभरि भएका अपूरणीय क्षतिका कारण सवारीसाधन गुमाएका नेपालीलाई सहयाेग स्वरूप यस्ताे योजना घोषणा गरेको कम्पनीले जनाएकाे छ ।

यस योजनामा सहभागी हुन इच्छुक ग्राहकले आफ्नो नजिकमा रहेको स्काइवेलको शोरुममा गई आफ्नो क्षतिग्रस्त सवारीसाधनको प्रमाणित बीमा क्लेमको कागजात बुझाउनुपर्ने छ । कागजात बुझाए लगत्तै ग्राहकले तुरुन्तै नयाँ गाडी डेलिभरी लिन सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकको अपूरणीय क्षति मनन गर्दै कम्पनीले १० लाखसम्मको विशेष सहयोग पनि दिने जनाएको छ । यसका साथै हरेक स्काइवेल ईभी खरिदमा आइफोन १७ पनि प्राप्त हुने कम्पनीको भनाइ छ ।