राजस्व सचिव घिमिरेको सरुवा
काठमाडौँ । अर्थ मन्त्रालयले एक जना सचिवलाई सरुवा गरेको छ । मन्त्रालयमा राजस्व हेर्ने सचिव दिनेश घिमिरेलाई सरुवा गरेको हो।
सचिव घिमिरेलाई सरकारले प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ । यो आयोगले संघ, प्रदेश र स्थानीय तहका सरकारहरुबीच स्रोतको बाँडफाट गर्ने सन्दर्भमा काम गर्छ ।
यो संवैधानिक आयोग हो । नेपालको संघीयताको मर्म स्थापित गर्ने सबैभन्दा ठूलो भूमिका यही आयोगसँग गाँसिएको छ ।













