ताेलामा १२०० रूपैयाँ बढ्याे सुनकाे मूल्य, चाँदी हालसम्मकै उच्च
काठमाडाैं । नेपाली बजारमा शुक्रबार पुनः सुनचाँदीकाे मूल्य बढेकाे छ ।
यस साता आइतबारदेखि लगातार बढेकाे सुनकाे मूल्य बिहिबार एकदिन भने घटेकाे थियाे । आज पुनः सुनकाे मूल्य ताेलामा १२०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख २२ हजार ५०० रूपैयाँ निर्धारण भएकाे छ ।
हिजाे छापावाल सुन प्रतिताेला २ लाख २१ हजार ३०० रूपैयाँ ताेकिएकाे थियाे ।
यस्तै अघिल्लो दिनको तुलनामा चाँदीकाे मूल्य ५५ रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । आज चाँदीकाे मूल्य प्रतितोला २ हजार ७४० रुपैयाँ कायम भएको छ। हिजाे चाँदी २ हजार ६८५ रूपैयाँमा कारोबार भएको थियो ।













