जीवन बिमक संघमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा प्रवीणरमण पराजुली - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जीवन बिमक संघमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा प्रवीणरमण पराजुली



काठमाडौं। जीवन बिमा संघकाे अध्यक्षमा प्रवीणरामण पराजुली चयन भएका छन् । संघकाे छैटौं वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा पराजुलीलाई अध्यक्ष चयन गरेकाे हाे ।

पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन्।

पराजुलीको अध्यक्षतामा संघमा नयाँ कार्यसमिति चयन भएकाे छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाशविक्रम खत्री (सूर्यज्योति लाइफ), सचिवमा नारायण लोहनी (रिलायबल नेपाल), कोषाध्यक्षमा दिनेशलाल श्रेष्ठ (एसियन लाइफ), र सदस्यहरूमा मनोजलाल कर्ण (हिमालयन लाइफ), सुन्दर पन्थी (राष्ट्रिय बिमा संस्थान) र प्रणय कुमार (एलआईसी नेपाल) रहेका छन्।

संघको नयाँ कार्यसमितिले नेपाली बिमा क्षेत्रको समग्र विकास, बिमा सचेतना अभियान, जीवन बिमा कर्मचारीहरूको क्षमता अभिवृद्धि, हकहित संरक्षण, बिमा सेवाको सर्वसुलभ विस्तार, बिमित हितका विविध कार्यक्रम र नीति निर्माण तहमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस्