दशैंको अवसरमा मनकामना केबलकार बन्द हुने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दशैंको अवसरमा मनकामना केबलकार बन्द हुने



काठमाडौं । दशैंको केही दिन मनकामना केबलकार बन्द हुने भएको छ ।

केवलकारले यस वर्षको महानवमी, विजया दशमी तथा एकादशी अवसरमा केबलकार सेवा सञ्चालन नहुने जनाएको छ ।

यस अवधिमा सेवाग्राहीहरूलाई असुविधा पुग्न गएकोमा कम्पनी क्षमाप्रार्थी रहेको जनाएको छ ।

नियमित सेवा असोज १८ गते (अक्टोबर ४), शनिबारदेखि पुनः सुचारु हुने केवलकारले जनाएको छ । कम्पनीले यात्रुहरूलाई अझ सहज, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ ।

यस अवसरमा मनकामना केबलकार परिवारले सम्पूर्ण सेवाग्राही, व्यवसायिक साझेदार र शुभेच्छुकहरूलाई विजयादशमी तथा बडादशैंको पावन अवसरमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि हार्दिक मंगलकामना व्यक्त गर्दछ ।


प्रतिक्रिया दिनुहोस्