११ श्रावण २०८३, सोमबार

दशैं बिदामा पनि बैंकिङ सेवा जारी : तपाईं नजिकको शाखा खुल्ला छ कि छैन ? (सूचिसहित)

दशैं बिदामा पनि बैंकिङ सेवा जारी : तपाईं नजिकको शाखा खुल्ला छ कि छैन ? (सूचिसहित)



काठमाडौं । दशैंको चहलपहल चुलिंदै जाँदा बजारमा खरिद–बिक्री बढेको छ । यस्तो बेला पैसा जम्मा गर्न, झिक्न वा रेमिट्यान्स लिनु परेमा सबै बैंक बन्द भएको अवस्थामा सर्वसाधारण हैरान हुनसक्थे ।

तर, यीनै चुनौतीलाई ध्यानमा राख्दै दशैंको मुख्य बिदाका दिनहरूमा पनि देशभरका प्रमुख बैंकहरूले आफ्ना केही शाखा खुला राख्ने भएका छन् ।

फूलपातीदेखि एकादशीसम्म अधिकांश कार्यालयहरू बन्द रहने भए पनि बैंकहरूले आवश्यक सेवा निरन्तर राख्न कर्मचारीहरूलाई पालो प्रणालीमा खटाएर सेवा दिने व्यवस्था मिलाएका हुन् । यो वर्ष दशैंको टीका असोज १६ गते परेकाले १३ गतेदेखि १७ गतेसम्म सार्वजनिक बिदा परेको छ । त्यसपछि १८ गते शनिबार परेकाले कार्यालयहरू १९ गते मात्र खुल्नेछन् ।

तर, ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै नगद कारोबार, चेक भुक्तानी, रेमिट्यान्स, खाता सञ्चालन जस्ता अत्यावश्यक सेवा दिने गरी दर्जनौं बैंकले देशभर सयौं शाखा सञ्चालनमा ल्याउने निर्णय गरेका छन् ।

कुन बैंकले कति शाखा खुला राख्दैछ ?

  • सानिमा बैंक: सबैभन्दा धेरै ६३ शाखा खुला
  • लक्ष्मी सनराइज बैंक: ५२ शाखा, बिहान १० देखि दिउँसो २ बजे
  • ग्लोबल आइएमई बैंक: ५० शाखा, बिहान १० देखि ३ बजे
  • कुमारी बैंक: ५० शाखा, बिहान १० देखि १:३० बजे
  • प्राइम बैंक: ४८ शाखा, नगद र अत्यावश्यक सेवा
  • माछापुच्छ्रे बैंक: ३३ शाखा, बिहान ११ देखि २ बजे
  • सिद्धार्थ बैंक: ३१ शाखा सञ्चालन
  • हिमालयन बैंक: २९ शाखा, सप्तमीदेखि एकादशीसम्म
  • सिटिजन्स बैंक: २६ शाखा, बिहान ११ देखि २ बजे
  • प्रभु बैंक: १८ शाखा, असोज १३, १४, १५ र १७ गते
  • एनएमबी बैंक: १८ शाखा, टीकाको दिनबाहेक
  • एनआईसी एशिया बैंक : १८ शाखा, बिहान ११ देखि २ बजे
  • नबिल बैंक : १९ शाखा, असोज १३ र १६ गते मात्र
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : उपत्यकामा १९ शाखा/काउन्टर
  • राष्ट्रिय वाणिज्य बैंक : ७ शाखा, प्रमुख शहरहरूमा
  • नेपाल बैंक : ४ एक्सटेन्सन काउन्टर
  • कृषि विकास बैंक: ३६ शाखा, सातै प्रदेशमा
  • नेपाल एसबीआई बैंक : १४ शाखा, असोज १३–१६ गते
  • एभरेस्ट बैंक : न्युरोड, पुल्चोक, ठिमी शाखा (असोज १४ गते)
  • स्ट्यान्डर्ड चार्टर्ड बैंक : असोज १३, १४, १५, १७ मा तालिकाअनुसार

सिटिजन्स बैंक, एनएमबी, एसबीआई, प्रभु लगायतका बैंकले पनि उपत्यका र प्रमुख शहरहरूमा सेवा दिनेछन् । बिदाको दिनमा पनि नगद जम्मा र भुक्तानी, चेक क्लियरेन्स, रेमिट्यान्स सेवा, खाता सम्बन्धी सेवा र सीमित विदेशी मुद्रा विनिमय लगायतका सेवा उपलब्ध हुने बैंकहरुले जनाएका छन् ।

दशैंको उल्लासबीच आर्थिक कारोबार नरोकियोस् भन्दै बैंकहरूले ग्राहक–मैत्री सेवामा समर्पित देखिएका छन् । बिदाका दिनमा शाखा सीमित संख्यामा मात्र खुल्ने भएकाले बैंक जाने योजना बनाउँदा पहिले नै खुला शाखाको सूची र समय हेरेर मात्र जान आग्रह समेत गरिएको छ ।

दशैंमा खुला बैंकहरूको सूची हेर्नुहोस्