बाढी पहिरोको कारण १८ विद्युत् आयोजनामा क्षति, १०५ मेगावाट विद्युत् आपूर्ति ठप्प
काठमाडौँ । ३ दिनदेखि लगातार परेको वर्षाको कारण देशभर रहेका १८ ओटा विद्युत् आयोजनामा क्षति पुगेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) का अनुसार असोज १९ गते २ बजेसम्मको विवरण अनुसार ५ निर्माणाधीनसहित १८ आयोजनमा बाढीले क्षति पु¥याएको इप्पानले जनाएको छ ।
हालसम्म देशभरका १३ ओटा साना तथा मझौला आयोजना बन्द भएका छन् । ती आयोजनाबाट १०५.४ मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ ।
त्यस्तै ५ निर्माणाधीन आयोजनामा पनि क्षति पुग्दा भविष्यमा विद्युत् उत्पादन केही समय धकेलिने इप्पानले जनाएको छ । ५ आयोजनाको ९३ मेगावाट आयोजनामा क्षति पुगेको छ ।
बाढीले माई खोला हाइड्रोपावर उत्पादन बन्द भएको छ । माई खोला क्यासकेड जहमाल दोलखा हाइड्रोपावर, माई खोला साजनमा माइ हाइड्रोपावर,
माई खोला क्यासकेड साजनमा माई हाइड्रोपावर, सुपर माई सुपर माई हाइड्रोपावर, सुपर माई ए सगरमाथा जलविद्युत, सुपर माई ए क्यासकेड माई खोला हाइड्रोपावर जोगमाइ खोला सानभी इनर्जी, जोगमाइ क्यासकेड सानभी इनर्जी, तल्लो जोगमाइ एजसएन हाइड्रोपावर, माइबेनी हाइड्रोपावर, सामजलङ पावर माजथल्लो माइ खोला पञ्चकन्या माइ हाइड्रोपाव, माइ सी क्यासकेड माइ भ्याली हाइड्रोपावर, सभा खोला अर्बटट इनर्जी, हेवाखोला ह्याजबटाट पावर, जसजि खोला जसजि हाइड्रोपावर, ब्रम्हायणी हाइड्रोपावर ब्रम्हायणी हाइड्रोपावर कम्पनी र अपर ब्रम्हायणी हाइड्रोपावरमा क्षति पुगेको छ ।














