सूर्यज्योति लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निमाण कोषका लागि १ करोड ५० लाख सहयोग
काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ मा आर्थिक सहयोग स्वरूप रु.१ कराेड ५० लाख रूपैयाँ हस्तान्तरण गरेकाे छ ।
गत भदाै २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा राजधानी लगायत देशै भरीका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको छ ।
सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि कम्पनीका संचालक चुडामणि देवकोटा तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले अर्थमन्त्री समक्ष उक्त रकम हस्तमान्तरण गरेका हुन् ।
सदैव राष्ट्र र समुदायका लागि आवश्यक परेको समयमा विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको कम्पनीले जनाएकाे छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले विगतमा समेत विशेष गरी शिक्षा र स्वास्थको क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको र हालको अवस्थामा समेत नेपाल सरकारले स्थापना गरेको उक्त भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा कम्पनीबाट भएको सहयोगले क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका निम्ति सहयोग पुग्ने विश्वास व्यक्त गरे ।













