लिबर्टी माइक्रो लाइफको बिमालेख नवीकरण गर्दा विलम्ब शुल्क नलाग्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लिबर्टी माइक्रो लाइफको बिमालेख नवीकरण गर्दा विलम्ब शुल्क नलाग्ने



काठमाडाैं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेंस लिमिटेडले बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा बक्यौता बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुटको सुविधा प्रदान गरेको छ।

कम्पनीले यस बारेमा सम्पूर्ण ग्राहक, अभिकर्ता, तथा अन्य सरोकारवालाहरुलाई जानकारी गराउँदै गत भदाै १५ गतेदेखि शुरू भएकाे यो विशेष छुट सुविधा मंसिर मसान्तसम्म उपलब्ध हुने जनाएको छ।

समयमै बीमालेख नवीकरण गर्नु र सुरक्षित रहनु सबैको जिम्मेवारी हो भन्दै कम्पनीले यस सीमित अवसरको फाइदा उठाउन ग्राहकहरूलाई अनुरोध गरेकाे छ।


प्रतिक्रिया दिनुहोस्