६ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

६ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध



काठमाडौं । देशका विभिन्न भागमा पहिरोका कारण ६ सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार आज बिहानसम्म कोशी, मेची, बागमती लगायत क्षेत्रका मुख्य सडकमा यातायात ठप्प भएको छ ।

कोशी राजमार्गमा संखुवासभाको भोटखोला–बरुणखोला र मकालु–एकुवा सडक अवरुद्ध छन्। मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को राजदुवाली क्षेत्र र तमोर करिडोरको पाँचथर–नावाखोला सडकसमेत बन्द छन् ।

बागमती प्रदेशमा पासाङ ल्हामु सडकखण्ड अन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा तीन स्थानमा सडक अवरुद्ध भएको छ । त्यसैगरी, बिपी राजमार्गको काभ्रे–रोशी गाउँपालिका–११ को माम्तिखोला, डालाबेसी, बल्ढुंगा र बाँझोखेतमा पहिरोले सडक ठप्प बनाएको छ ।

सम्बन्धित निकायले सडक खुलाउने प्रयास जारी राखेका छन् । यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्