निर्यात अनुदान प्रक्रिया स्थगनप्रति मोरङ उद्योग व्यापार संघको आपत्ति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

निर्यात अनुदान प्रक्रिया स्थगनप्रति मोरङ उद्योग व्यापार संघको आपत्ति



काठमाडाैं । उद्योग विभागले असाेज २३ ‘आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरिसकेका निर्यातकर्ताहरुले निर्यात अनुदान प्राप्त गर्न बुझाउने आवेदनहरु यस वर्ष प्रक्रिया नगर्ने’ भनी जारी गरेको सूचनाप्रति मोरङ उद्योग व्यापार संघले आपत्ति जनाएको छ।

निर्यात अनुदान दिइने सूचिमा नेपालबाट निर्यात हुने थप वस्तुहरुमा निर्यात अनुदान दिनु पर्ने आवश्यकता र माग रहँदै आएकोमा त्यसको विपरीत यस्ताे सुचनाले संघको गम्भीर ध्यानाकर्षण भएको हाे ।

‘भुपरिवेष्ठित मुलुकबाट अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी हुन कठिन चुनौतीको सामना गर्दै आएका नेपाली निर्यातकर्ताहरुले आर्थिक मन्दी र राजनीतिक संक्रमणका बीच पनि जेनतेन नेपालको निर्यातलाई निरन्तरता दिँदै आएका छन् । साथै, सरकारका निर्यात प्रवद्र्धन नीतिहरु अनुसार नै निर्यात गरी राष्ट्रका लागि आवश्यक वैदेशिक मुद्रा आर्जनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएकोमा गत आर्थिक वर्षको निर्यात अनुदान पाउने प्रक्रिया अघि नबढाउने विभागको सूचनाले मुलुकको आर्थिक स्थायित्व कायम गराउने नेपाली निर्यातकर्ता एवं निर्यात क्षेत्रको मनोबलमा दीर्घकालीन नकारात्मक असर पर्ने र सरकारका नीतिहरुप्रति उद्योगी व्यवसायीहरुमा अविश्वासको वातावरण समेत श्रृजना हुने सम्भावना देखिएको छ’ संघले भनेकाे छ ।

यद्यपी, नेपाली निर्यातकर्ता औद्योगिक/व्यवसायिक प्रतिष्ठानहरुको हकहित र संरक्षणको दायित्व पनि सरकारकै रहने हुँदा असाेज २३ को उद्योग विभागको सो सूचनाको हकमा नेपाली निर्यातकर्ताहरुले आ.व. २०८१/८२को स्वः घोषणा सहित अनुसूची–३ बमोजिमको ढाँचामा निवेदन दिने म्याद थपकाे माग समेत गरेकाे छ ।

साथै, मोरङ उद्योग व्यापार संघले मुलुकको हालको वित्तीय सीमा, संक्रमणकालीन अवस्था तथा असहज एवं असामान्य परिस्थितिहरुलाई गम्भिरतापूर्वक बुझेको जानकारी गराउँदै उक्त आ.व.को बक्यौता देखिने निर्यात अनुदान रकम बराबरको बण्ड जारी गरी नेपाली निर्यातकर्ताहरुको संरक्षणका लागि प्रतिबद्ध रही निर्यात प्रवद्र्धन तथा औद्योगिक विकासका लागि सरकारलाई आग्रह समेत गरेकाे छ।


प्रतिक्रिया दिनुहोस्