एकतर्फी रुपमा खुल्यो बीपी राजमार्ग, दुई लेन डाइभर्सन बनाइदैँ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एकतर्फी रुपमा खुल्यो बीपी राजमार्ग, दुई लेन डाइभर्सन बनाइदैँ



काठमाडौं । बीपी राजमार्ग अस्थायी रूपमा एकतर्फी सवारीका लागि सञ्चालनमा आएको छ । गत असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाका कारण अवरुद्ध सो राजमार्ग डाइभर्सन बनाएर एकतर्फी रुपमा खुला भएको हो ।

रोशी खोलाको बाढीले करिब पाँच किलोमिटर सडकको संरचना नै भत्काएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । यातायात पूर्णरूपमा ठप्प भएको थियो ।

सडक विभागको निरन्तर प्रयासपछि वैकल्पिक डाइभर्सनमार्फत राजमार्ग शुक्रबारदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।

विभागका अनुसार दुई लेन डाइभर्सन निर्माणको काम पनि अगाडि बढिरहेको छ । राजमार्ग आंशिक रूपमा खुलेपछि यात्रु र सवारी चालकले राहत महसुस गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्