मन्त्री कुलमान घिसिङद्वारा विपद् सङ्कटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मन्त्री कुलमान घिसिङद्वारा विपद् सङ्कटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण 



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले शनिवार विपद् सङ्कटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन् ।

मन्त्री सँगै गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग लगायतको टोलीले प्रभावित क्षेत्रहरूको निरीक्षण एवम् प्रभावितलाई राहत वितरण गरेको हो । 

गत असोज १७, १८ र १९ गते परेको भीषण वर्षाको कारण क्षति भएको मेची राजमार्ग अन्त्रगतका विभिन्न खण्डहरूको निरीक्षण गर्दै मन्त्री कुलमान घिसिङले जतिसक्दो छिटो राजमार्गलाई सुचारु गर्ने गरी सडक मर्मत तथा पुनः निर्माणको कार्य भइरहेको बताए । साथै सरकारले विपद् पछिको राहत वितरण तथा पुनर्स्थापनाको कार्यलाई विशेष प्राथमिकताको साथ तिनै तहका सरकारहरू मिलेर अगाडी बढाइने समेत बताए । 

पहिरोका कारण इलाम नगरपालिका वडा नम्बर १० स्थित माईटापुका २६ घर परिवार विस्थापित भएका थिए । उक्त विस्थापित परिवारको अस्थायी आवासको निरीक्षण तथा राहत वितरण गर्दै मन्त्री कुलमान घिसिङले सरकार तपाईँहरूको साथमा छ पुनर्स्थापनाको रूपमा स्थायी संरचना निर्माण गर्ने कार्य तुरुन्त अघि बढाइने समेत बताए । 


प्रतिक्रिया दिनुहोस्