२ आश्विन २०८३, शुक्रबार

बैंकिङ प्रणालीबाट थप ५० अर्ब तान्दै केन्द्रिय बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट थप रकम खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि आइतबार केन्द्रिय बैंकले थप ५० अर्ब रूपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकले आजै अर्थात् असोज २६ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम ७ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बाल गर्न सकिनेछ ।


सावाँ तथा ब्याज भुक्तानी आगामी कात्तिक २ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।